लागुऔषधसहित श्रीमान् श्रीमती पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगर सुर्खेतमा लागुऔषधसहित श्रीमान् श्रीमती पक्राउ परेका छन्।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका लागुऔषध ब्युरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटिई गएको प्रहरी टोलीले जीवनकुमार सिंह र उनकी श्रीमती विमला बुढाक्षेत्रीलाई आज पक्राउ गरेको हो। 

नौमूले गाउँपालिका–२ दैलेख घर भई हाल वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेत गुरुङ चोकस्थित बाटु सार्कीको घरमा कोठा भाडा लिई बसेका उनीहरुलाई सोही स्थानबाट पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए। 

विशेष सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरीले शङ्कास्पद अवस्थामा कोठामा बसिरहेका श्रीमान् श्रीमतीलाई जाँच गर्दा बुढाक्षेत्रीका साथबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ एक पोका फेला पारी बरामद गरिएको प्रवक्ता श्रेष्ठले बताए।

उनका अनुसार लागुऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ।  रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।