काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । आज दिउँसो १ बजे बोलाइएको बैठकले संघ र प्रदेशको निर्वाचन मिति तोक्नसक्ने सम्भावना छ ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले आगामी ४ मंसिरमा एकै चरणमा निर्वाचन गर्न प्रधानमन्त्री देउवालाई सुझाएका छन् ।
गठबन्धनको सुझावअनुसार सरकारले आज चुनावको मिति तोक्नसक्ने एक मन्त्रीले जानकारी दिए । प्रतिनिधिसभाबाट केही विधेयक पारित गर्नुपर्ने अवस्था भएकोले मिति तोक्ने वा नतोक्ने बारेमा प्रधानमन्त्रीको निर्णयमा भरपर्ने उनको भनाइ छ ।
निर्वाचन आयोगले गरेको सिफारिस अनुसारको समयसीमा कटेको दुई सातापछि सरकारले निर्वाचनको मिति घोषणाको तयारी गरेको हो ।
Comment