चुस्त सुरक्षा व्यवस्थाका लागि सरकार प्रतिबद्ध छः गृहमन्त्री खाण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले चुस्त सुरक्षा व्यवस्थाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।

उनले यसका लागि सुरक्षा निकायलाई पर्याप्त सवारी साधनको खाँचो रहेको उल्लेख गरे।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्री र सचिवहरूको बैठकमा मन्त्री खाणले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा सवारी साधन भाडामा लिएर भएपनि सुरक्षाको जिम्मेवारी निर्वाह गरेको उल्लेख गर्दै सुरक्षा व्यवस्थालाई चुस्त बनाउन सवारी साधनको व्यापक परिचालन आवश्यक पर्नेमा जोड दिए।

मुलुकभरका अधिकांश कारागार भवन जीर्ण भएका र क्षमताभन्दा बढी कैदी राखिने गरेको जानकारी गराउँदै मन्त्री खाणले निर्माणाधीन भवनको काम यथाशीघ्र सम्पन्न गर्न शहरी विकास मन्त्रालय र सम्बन्धित निकायसँग आग्रह गरे।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।