मन्दाकिनी हाइड्रोपावरको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड भएको छ ।

विक्री प्रबन्धक बीओके क्यापिटल मार्केट लिमिटेडको कार्यालय काठमाडौंको नारायणचौरमा आइपीओ बाँडफाँड भएको हो । माग भन्दा बढी आवेदन परेकोले गोलापर्थाबाट आइपीओ बाँडफाँड भएको हो ।

क्यापिटलका अनुसार गोलाप्रथाबाट १ लाख ९ हजार ३७४ जनाले १० कित्ताका दरले शेयर हात पारेका छन् । १२ लाख बढी जनाको हात रित्तो भएको छ ।

सीडीएस एन्ड क्लियरिङका अनुसार उक्त आइपीओमा १६.५३ गुणा बढी आवेदन परेको थियो ।

आवेदन दिने अन्तिम दिनसम्म कम्पनीको आइपीओमा १६ लाख १० हजार ९२६ आवेदकबाट एक अर्ब ८० करोड ८१ लाख १८ हजार रुपैयाँ बराबरको एक करोड ८० लाख ८१ हजार १८० कित्ता आइपीओका लागि आवेदन परेको थियो ।

कम्पनीले यही साउन ९ गतेदेखि सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका ११ करोड ७६ लाख सात हजार ३०० रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता आइपीओ निष्कासन गरेको थियो ।

कम्पनीले यस अघि नै कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाका आयोजना प्रभावित स्थानीयलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

कम्पनीले कास्कीमा ४ मेगावाट क्षमताको सार्दी खोला जलविद्युत आयोजना सम्पन्न गरि २०७४ मंसिरदेखि विद्युत उत्पादन गरिरहेको छ । आयोजनाको प्रति मेगावाट लागत २० करोड ७७ लाख रहेको छ ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, बीओके क्यापिटल मार्केट लिमिटेडको वेबसाइट र मन्दाकिनी हाइड्रोपावर लिमिटेडको वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।