साफ यू-२० च्याम्पियनसिप नेपालले आज बंगलादेशसँग खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साफ यू-२० च्याम्पियनसिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा आज नेपाल बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ।

भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्नेछन्। नेपाल र बंगलादेशको खेल अपराह्न ४ः१५ बजे हुनेछ।

नेपालले यसअघि खेलेका तीन खेलमा दुईमा जित र एकमा हार ब्यहोर्दै ६ अंकका साथ तेस्रो स्थानमा छ। बंगलादेशमा भने तीनै खेलमा जित हासिल गरेर ९ अंकसहित शीर्षस्थानमा छ।

त्यस्तै, तीन खेलमा दुई जित र एक हार ब्यहोरेको भारत पनि ६ अंकसहित गोल अन्तरका आधारमा नेपालभन्दा माथि दोस्रो स्थानमा छ। अंक तालिकाको शीर्षस्थानमा रहेका दुई टोली उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।

नेपालले फाइलनमा पुग्न बंगलादेशलाई हराउनुपर्नेछ भने मालदिभ्सले पनि भारतलाई हराउनुपर्नेछ वा बराबरी खेल्नुपर्नेछ। आजै साँझ ७ः१५ बजे भारत र मालदिभ्स भिड्नेछन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।