एनआइसी एशिया क्यापिटलले ५५ प्रतिशत लाभांश दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एनआइसी एशिया क्यापिटलले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ५५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

क्यापिटल संचालक समितिको साउन १५ गते बसेको बैठकले ५५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त लाभांश प्रस्ताव पारित गर्न क्यापिटलले भदौ ८ गते छैठौं वार्षिक साधारण सभा समेत बोलाउने निर्णय गरेको छ ।

क्यापिटल एनआईसी एशिया बैंकको शतप्रतिशत लगानी भएको संस्था हो । क्यापिटलले वितरण गर्ने लाभांश बैंकको आम्दानी हुनेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।