बन्जी जम्प गर्ने ओलीको रहर !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बन्जी जम्प गर्ने चाहना राखेका छन् ।

आइतबार युवा संघले गरेको आयोजना कार्यक्रममा उनले आफूलाई बन्जी जम्पमा जान मन भएको सुनाएका हुन्।

टिकटकमा भिडियो देखेर आफूलाई बन्जी जम्प गर्न मन लागेको ओलीले सुनाए। तर, उमेरका कारण आफ्नो इच्छा पूरा हुन नसक्ने हो कि भन्ने चिन्ता उनले व्यक्त गरे।

ओलीले भने, ‘मलाई पनि बन्जी जम्प जाउँजाउँ जस्तो लाग्छ। तर अलि उमेर बढी भएको हुनाले बन्जी जम्पले के गर्ला भनेर समस्या हुन सक्छ। डाक्टरलाई सोधेर जानुपर्छ।’ युवाले भने डाक्टरलाई नसोधी बन्जी जम्प गर्न सक्ने ओलीले बताए।

ओलीले गत फागुन ११ गते आफ्नो ७१ औं जन्मदिन मनाएका हुन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।