महिला साफ च्याम्पियनसिप : नेपालको पहिलो प्रतिस्पर्धी भुटान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसिपमा नेपालले पहिलो प्रतिद्वन्द्वीका रुपमा भुटानलाई पाएको छ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले आइतबार सार्वजनिक गरेको तालिका अनुसार नेपालले उद्घाटन खेलमा भुटान प्रतिद्वन्द्वी पाएको हो।

समूह बीमा रहेका नेपाल र भुटानबीचको खेल २१ गते दशरथ रंगशालामा हुनेछ।  यस्तै, नेपालले भदौ २८ गते श्रीलंकासँग खेल्नेछ।

प्रतियोगिता दशरथ रंगशालामा असोज ३ गतेसम्म चल्नेछ। समूहमा एमा भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान छन्। दुवै समूहका शीर्ष दुई टिम सेमिफाइलनमा पुग्ने छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।