नेप्सेमा थप दुई कम्पनीको बोनस र हकप्रद सेयर सूचीकृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा थप दुई कम्पनीको सेयर सूचीकृत भएको छ ।

आइतबार नेप्सेमा गरिमा विकास बैंकको बोनस सेयर र नेपाल फाइनान्सको हकप्रद सेयर सूचीकृत भएको हो ।

गरिमाले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट वितरण गरेको १६ प्रतिशत अर्थात् ६३ लाख १७ हजार ९२.९६ कित्ता बोनस सेयर सूचीकृत गरेको हो ।

त्यसैगरी, नेपाल फाइनान्सले निष्काशन गरेको ७० प्रतिशत हकप्रद बापतको २३ लाख १९ हजार ७५८.०८८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।