प्रभु र सेञ्चुरी बैंकबीच मर्जर सम्झौता, स्वाप रेसियो कति?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता पत्रमा आइतबार साँझ हस्ताक्षर भएको छ । 

आइतबार काठमाण्डौंको होटल मेरियटमा दुई बैंकबीच मर्जर सम्झौता भएको हो । मर्जरका लागि दुवै बैंकका अधिकारीहरुबीच लामो समयदेखि छलफल भएपनि निष्कर्शमा पुग्न सकेको थिएन ।

श्रोतका अनुसार प्रारम्भिक रुपमा दुवै बैंकबीच १ः१ को अनुपातमा मर्जरको लागि सहमति जुटेको हो तर स्वाप रेसियोको अन्तिम निर्णय भने डिडिए पछि मात्र हुने छ । सम्झौता अनुसार प्रभु बैंकका अहिलेका सिइओ अशोक शेरचन नयाँ बन्ने बैंकको सिइओ बन्ने छन्। संचालक समितिमा ४ जना प्रभु बैंकबाट र तीन जना सेञ्चुरी बैंकबाट हुने छन।

स्रोतका अनुसार मर्जर पछि बन्ने बैंकको नाम प्रभु बैंक नै रहने छ भने पुसभित्र एकीकृत कारोबार सुरु गर्ने लक्ष्य छ । चुक्ता पुँजी २२ अर्ब २६ करोडभन्दा बढी हुनेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।