रियलमीले ल्यायो इन्ट्री लेभलको शक्तिशाली स्मार्टफोन रियलमी सी–३१

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रियलमीले इन्ट्री लेभल स्मार्टफोन रियलमी सी३१ लन्च गरेको छ।

स्मार्टफोनमा ५००० एमएएचको ब्याट्री छ, जुन स्ट्यान्ड–बाइमा ४५ दिनसम्म टिक्ने दाबी कम्पनीको छ। 

फोनमा १.८ गिगाहर्जको अक्टाकोर युएनआइएसओसी टी६१२ प्रोसेसर छ। उत्कृष्ट फोटोग्राफीको लागि १३ मेगापिक्सेलको क्यामरा छ। रियलमीले उक्त स्मार्टफोनको मूल्य १७,७९९ रुपैयाँ तोकेको छ।

४ जीबी र्‍याम र ६४ जीबी स्टोरेजसहित उपलब्ध यो फोन यो सबैभन्दा पातलो सेट भएको दाबी कम्पनीको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।