एसईईको ग्रेडवृद्धि परीक्षा भदाै ११ र १२ गते, यी हुन् सहभागी हुन पाउने आधार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एसईईको ग्रेडवृद्धि पुरक परीक्षा तालिका सार्वजनिक गरेको छ ।

२०७८ बैशाख ९ गतेदेखि सञ्चालन भएको माध्यामिक शिक्षा परीक्षा कक्षा १० (एसईई)को वार्षिक परीक्षामा नियमित परीक्षार्थीको रुपमा सम्मिलित भई बढीमा दुई विषयमा ग्रेडवृद्धि (पुरक) परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था भएकोले परीक्षामा सहभागि हुन आवेदन दिन माग गरीएको छ ।

त्यसैगरी ‘सी’ वा ‘सी’ भन्दा कम ग्रेड प्राप्त गरेका विषयमध्ये परीक्षार्थीले आफूले चाहेको बढीमा दुई विषयसम्मको परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।


२०७८ सालको एसईई परीक्षामा ‘सी’ ग्रेड ल्याउने परीक्षार्थीको सङ्ख्या १ लाख १ हजार ४३ छ । यस्तै ‘डी प्लस’ ल्याउने ३५ हजार ५ सय ८४ र ‘डी’ ल्याउने ५८ हजार ६ सय ८८ रहेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।