काठमाडौंमा भूकम्पको धक्का

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । आइतबार बिहान ८ः१५ आसपास भूकम्पको धक्का महसुस भएको हाे ।

काठमाडौं उपत्यकासहित नुवाकोट, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, धादिङ लगायतका जिल्लामा पनि धक्का महसुस गरिएको छ।

पूर्वी नेपालको भोजपुर आसपास केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

०७२ वैशाख १२ मा गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पको परकम्प पछिल्लो समय गइरहेका छन् । साउन ९ गते मात्रै पनि सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर परकम्प गएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।