साफ यू-२० च्याम्पियनसिप : आज नेपाल र भारत भिड्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। साफ यू–२० च्याम्पियनसिप फुटबलमा आइतबार नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ।भारतको कालिंगा रंगशालामा हुने नेपाल र भारतबीचको खेल बेलुका ७ः१५ बजे शुरु हुनेछ।

जारी प्रतियोगितामा नेपाल अपराजित टोली हो। माल्दिभ्स र श्रीलंकासँग खेलेको नेपालले कुनै गोल खाएको छैन भने ७ गोल गरेको छ। नेपालले माल्दिभ्सलाई ४—० तथा श्रीलंकालाई ३—० गोल अन्तरले हराएको छ।

भारत भने बंगलादेशसँग २—१ गोल अन्तरले पराजित भएको छ। उसले श्रीलंकालाई ४—० गोल अन्तरले हराएको छ। बंगलादेश पनि यो प्रतियोगिताको अपराजित टोली हो। उसले खेलेका तीन खेलमै जित निकालेको छ।

सन् २०१७ यता कुनै पनि खेलमा नेपाली टोलीले भारतलाई पराजित गर्न सकेको छैन।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।