राष्ट्रिय मगर संघको सभापतिमा दिनेश थापामगर सर्वसम्मत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपाल राष्ट्रिय मगर संघको सभापतिमा दिनेश थापामगर सर्वसम्म चयन भएका छन्। लोकतन्त्रवादी मगरहरुको साझा संगठन रहेको नेपाल राष्ट्रिय मगर संघ नेपाली कांग्रेस भातृ संस्था हो। 

संघको  शनिबार  नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय सभापतिमा दिनेश थापामगरलाई सर्वसम्मत चयन गरेको हो। नेपाली कांग्रेसमा लामो समय देखि विभिन्न जिम्मेवारीमा रहेका थापामगर नेपाली कांग्रेसको सूचना सञ्चार तथा प्रचार विभागको निवर्तमान सचिव हुन्।

थापामगर नेपाल राष्ट्रिय मगर संघको संस्थापक सचिव, महासचिव, उपसभापति हुँदै सभापति चयन भएका हुन्। उनले सभापति चयन भए पश्चात् लोकतन्त्रमा आस्थावान मगर समुदायलाई पार्टी एवं राज्यका विभिन्‍न तहमा स्थापित गर्न आफ्नो भूमिका केन्द्रित हुने बताए। उनले निर्धारित समयमा नै राष्ट्रिय महाधिवेशन गरी नेतृत्व हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।