खगेन्द्र लामिछाने निर्देशित चलचित्र ‘पानीफोटो’ देशभर प्रदर्शनमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । खगेन्द्र लामिछाने निर्देशित नेपाली कथानक चलचित्र ‘पानीफोटो’ आज आजबाट प्रदर्शनमा आएको छ ।

तत्कालीन सरकार–माओवादी द्धन्द्धका क्रममा हराएको छोरो फर्किने आसमा १७ वर्षदेखि बसेको एक दम्पतीको कथा‘पानीफोटो’ देशभरको हलमा शुक्रवारदेखि प्रदर्शनमा आएको हो ।

चलचित्रमा अनुप बराल, मेनुका प्रधान, मल्लिका महत, प्रकाश घिमिरे तथा खगेन्द्र स्वयं मुख्य भूमिकामा छन् ।

संक्रमणकालीन न्याय अपूरै हुँदा बेपत्ता परिवारले भोग्नुपरेको हैरानीलाई चलचित्रले देखाउन खोजेको छ।

खगेन्द्रकै कथा रहेको फिल्मलाई मञ्जुश्री प्रोडक्सनको निर्माण गरेको हो। फिल्मलाई दीपक बज्राचार्यले खिचेका हुन् भने निमेष श्रेष्ठले सम्पादन गरेका हुन्।

चलचित्रमा रमेश अधिकारी, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपालको अभिनय छ।

यही फिल्ममार्फत खगेन्द्र निर्देशनमा अघि बढेका हुन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।