फ्रान्सलाई हराउँदै जर्मनी महिला युरोको फाइनलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिस्पर्धात्मक खेलमा फ्रान्सलाई २-१ अन्तरले पराजित गर्दै जर्मनी महिला युरो च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ।

बुधबार राति पहिलो हाफ १-१ स्थितिमा सकिँदा दोस्रो हाफमा जर्मनीले विजयी गोल गरेको थियो। एलेक्जान्ड्रा पोपले खेलको ४०औं मिनेटमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाइन्।

पहिलो हाफ सकिन एक मिनेट अघि जर्मनीकै मेर्ली फ्रोहमसले आत्माघाती गोल गर्दा फ्रान्स १-१ को अवस्थामा आइपुग्यो। ७६औं मिनेटमा पोपले दोस्रो गोल गर्दै जर्मनीको जित सुनिश्चित गरिन्।

अब, जर्मनीले उपाधिका लागि घरेलु टोली इंग्ल्यान्डको सामना गर्नेछ। अघिल्लो रात इंग्ल्यान्डले स्विडेनलाई पराजित गर्दै फाइनल पुगिसकेको छ। फाइनल खेल वेल्बली रंगशालामा आइतबार राति हुनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।