साफ यू–२० च्याम्पियनसिप : नेपालको लगातार दोस्रो जित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साफ यू-२० च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई हराउँदै दोस्रो जित हासिल गरेको छ।

गएराति भारतको भुवनेश्वरस्थित कालीङ्गा रंगशालामा भएको खेलमा नेपालले श्रीलंकाविरुद्ध ३-० गोल अन्तरले जितेको हो। नेपालका लागि आयुष घलान, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले एक-एक गोल गरे।

यो जितसँगै नेपालले ६ अङ्क जोडेको छ। यसअघि सोमबार मालदिभ्ससँग भएको खेलमा ४-० गोल अन्तरले जितेको थियो।

नेपालले अब अर्को खेल आइतबार भारतसँग र अन्तिम खेल मंगलबार बङ्लादेशसँग खेल्नेछ।

प्रतियोगितामा नेपालसँग भारत, माल्दिभ्स, श्रीलङ्का र बङ्लादेश सहभागी छन्। शीर्षस्थानमा रहेको दुई टोली उपाधिका लागि फाइनल खेल्नेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।