नवनियुक्त पाँचजना राजदूतले राष्ट्रपतिबाट लिए शपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच देशका लागि नवनियुक्त राजदूतलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी छन्।

बुधबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएकी हुन्।

जापानका लागि डा. दुर्गा बहादुर सुवेदी, गणतन्त्र दक्षिण अफ्रिकाका लागि दानबहादुर तामाङ, स्पेनका लागि डा. शर्मिला पराजुली (ढकाल), रूसी महासंघका लागि मिलन राज तुलाधार र डेनमार्कका लागि प्रा.डा. राम स्वार्थ राय नियुक्त गरिएको थियो। उक्त समाराेहमा परराष्ट्रमन्त्री नारायण खड्का नेपाल सरकारका उच्च पदस्थको सहभागिता रहेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।