महिलामाथि अभद्र व्यवहार गर्ने युट्युबर पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ‘प्रांक’ भिडियो बनाउने भन्दै महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा युट्युबर पक्राउ परेका छन्। पक्राउ पर्नेमा नवलपरासीका २६ वर्षीय प्रदीप भनिने पूर्णचन्द्र भुसाल छन्। 

‘बदमास केटा’ नामक युट्युब च्यानल चलाउने भुसालले बाटोमा हिँडिरहेकी महिलालाई ‘पैसा, मोबाइल, गरगहना नदिए एसिड हान्छु’भन्दै दुर्व्यवहार गरेका थिए। 

उनलाई साइबर ब्यूरोको टोलीले नवलपरासी (बर्दघाट सुस्ता पूर्व)बाट पक्राउ गरेको एसपी पशुपतिकुमार रायले जानकारी दिएका छन्। भुसालमाथि विद्युतीय कारोबारको कसुरमा ७ दिन म्याद थप गरेर अनुसन्धान थालिएको छ। 

भुसालले बनाएको भिडियो युट्युबमा सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना भइरहेको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।