बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)ले बैंकिङ कसूर मुद्दाका एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–१७ घर भई हाल काठमाडौंको बाफलमा बस्‍ने ४२ वर्षीया निशा गुरुङ रहेकी छन् ।

सीआईबीको टोलीले गुरुङलाई काठमाडौंको टोखाबाट सोमबार पक्राउ गरेको हो । २०७९ साल वैशाख १३ गते उच्च अदालत पाटनले उनलाई बैंकिङ कसूर मुद्दामा ५ दिन कैद र २३ लाख १४ हजार २५० रुपैयाँ जरिवाना तोकेको थियो ।

पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको सीआईबीले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।