काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजा राखेरै देशलाई समृद्ध बनाउन सकिने बताएका छन् ।
काठमाडौंमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा लिङ्देनले राजा चाहिन्छभन्दा कोही डराउनु नपर्ने भन्दै राजा राखेरै देशलाई समृद्ध बनाउन सकिने बताएका हुन् ।
उनले यसका लागि मुलुकको वर्तमान शासन व्यवस्था नै परिवर्तन गर्नुपर्ने बताए ।
उनले देशमा पूर्णसमानुपातिक संसद्, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र अभिभावकिय भूमिकामा राजा रहनुपर्ने बताए ।
देशको बोझको रूपमा रहेको प्रदेशको संरचना खारेज गर्ने, भ्रष्ट नेताहरुलाई छानबिनको दायरामा ल्याएर कारबाही गर्नुपर्ने उनले बताए।
स्वतन्त्रताको नाममा अभिभावकविहीन ढंगले कुनै काम गरे दुर्घटनामात्र हुने जिकिर गरे ।
Comment