काठमाडौँ । निर्वाचन आयोगले संघ र प्रदेशको निर्वाचन मंसिर ४ मा गर्न सरकारलाई प्रस्ताव गरिएको बताएको छ । निर्वाचन आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनश थपलियाले एकै चारण निर्वाचन गर्ने गरी सरकारलाई सिफारिस गरिसकेको जानकारी दिएका हुन् ।
उनले आगामी मन्त्रीपरिषद्को बैठकले मंसिर ४ मा निर्वाचनको मिति घोषणा गर्ने दाबी समेत गरे ।
‘प्रतिनिधि र प्रदेश सभाको निर्वाचन गर्नका लागि आयोगले सम्पूर्ण ब्यहोरासहित एकै चरणमा गर्नेगरी मिति सिफारिस गरिसकेको छ।’ उनले भने,‘आयोगको परामर्शमा सरकारबाट मिति तय हुने कानुनी व्यवस्था अनुसार आउँदो मन्त्रिपरिषद् बैठकबाट मंसिरको ४ गते निर्वाचन हुनेगरी मिति तोकियो भने त्यसलाई आश्चर्य नमान्दा हुन्छ।’ आउँदो चुनावमा मतपत्र मात्रै ८ करोड थान छाप्नुपर्ने उनको भनाइ छ । संघ र प्रदेशको एकै चरणमा गर्नुपर्ने भएकाले सबै खर्च स्थानीय तहको भन्दा अत्यधिक हुने उनको भनाई छ।
Comment