काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध सेवन गरी सवारी चलाए नचलाएको सम्बन्धमा प्राविधिक टोली सहित टि.एच.सि. किटको प्रयोग गरी चेकजाँच अभियान सुरु गरेको छ ।
सोमबारदेखि सुरु उक्त अभियान निरन्तर संचालन गरिने ट्राफिक प्रहरीले जनाएको छ।
साथै ट्राफिक प्रहरीले स्कुल बस चेकजाँच गर्ने अभियान अन्तर्गत चेकजाँचको क्रममा गोगंबु चोकस्थित नयाँबसपार्कमा सिट क्षमताभन्दा बढी विद्यार्थी बोकेको बा २ क ८२५७ नं.को स्कुल बसले बढी विद्यार्थी बोकेको पाइएकाले कारबाही गरिएको जनाएको छ।
Comment