काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पाँच दिने जापान भ्रमणमा जाने भएका छन्।
नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणमा अध्यक्ष दाहाल जापान भ्रमणमा जान लागेको उनको सचिवालयले जानकारी दिएको हो।
अध्यक्ष दाहाल साउन २१ मा जापान जानेछन् भने र साउन २५ मा नेपाल फर्कने कार्यक्रम रहेको स्वकीय सचिव रमेश मल्लले बताए। अध्यक्षको टोलीमा जाने सदस्यबारे भने अहिलेसम्म निश्चित नभएको मल्लको भनाइ छ।
Comment