बागमती प्रदेशका सार्वजनिक सवारीमा अब विद्युतीय भुक्तानी प्रणाली जडान गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । काठमाडौं । बागमती प्रदेशका सार्वजनिक सवारीमा विद्युतीय भुक्तानी प्रणाली जडान गरिने भएको छ ।

बागमती प्रदेशले सोमवार एक सूचना जारी गर्दै प्रदेश भित्रको सार्वजनिक सवारीमा नगदरहित विद्युतीय भुक्तानी प्रणालीको लागि सिलबन्दी प्रस्ताव आह्वान गरेको हो ।

सार्वजनिक सवारी भाडा भुक्तानीलाई नगदरहित बनाउने भुक्तानी प्रणाली खरिदका लागि प्रस्ताव भाडा नियमावली २०७८ नियम १० को उपनियम(३) बमोजिन सेवा प्रदायक उपकरण छनोटको लागि प्रस्ताव आह्वान गरेको हो ।

इच्छुक कम्पनीले तोकिएको ढाँचा अनुसार साउन २५ गते भित्र सिलबन्दी पेश गर्न आह्वान गरिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।