सुनको मूल्यमा सामान्य गिरावट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मंगलबार सुन तथा चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। सोमबारको तुलनामा सुन प्रतितोला २ सय रुपैयाँ चाँदी प्रतितोला ५ रुपैयाँ मूल्य घटेको छ। 

सोमबार छापावाल सुन प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा मंगलबार प्रतितोला २ सय रुपैयाँ घटेर ९४ हजार २ सय रुपैयाँ कायम भएको छ।  

त्यस्तै मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला ११ सय ५० रुपैयाँ तोकिएको छ। सोमबार चाँदी प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।