नेपालले माल्दिभ्सलाई हरायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपालले साफ यू–२० च्याम्पियनशिप पुरुष फुटबल प्रतियोगिताको उद्घाटन खेलमा माल्दिभ्सलाई पराजित गर्दै सुखद सुरुआत गरेको छ ।

भारतको भुवनेश्वरस्थित कालिङ्गा रङगशालामा सोमबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो ।

नेपालको जीतमा दीपेश गुरुङ, सुगम सुवाल, कृतिस रन्त छुन्जु र मनग्य नकर्मीले समान एक–एक गोल गरे ।

यस जीतसँगै नेपालले पहिलो खेलमा तीन अङ्क जोडेको छ ।

प्रतियोगितामा आयोजक भारतसँगै नेपाल, माल्दिभ्स, श्रीलङ्का र बङ्गलादेशको सहभागिता रहेको छ । अब नेपालले आफ्नो दोस्रो खेलमा श्रीलङ्कासँग बुधबार खेल्नेछ ।

प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।