प्रहरीले बुझायो अर्थमन्त्रालयको सीसीटिभी हार्डडिस्कको फरेन्सिक रिपोर्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल प्रहरीले सीसीटीभी फुटेजको हार्ड डिस्कको फरेन्सिक रिपोर्ट संसदीय छानबिन समितिलाई बुझाएको छ । 

प्रहरी प्रवक्ता टेकप्रसाद राईले प्रहरीको विद्युतीय विधि विज्ञान प्रयोगशालाले समितिलाई उक्त रिपोर्ट बुझाएको जानकारी दिए। स्रोतका अनुसार सिलबन्द रहेको रिपोर्ट मंगलबार बिहान समितिको बैठकमा खोलिनेछ। 

व्यापक मिहिनेत गरिरहे पनि समितिले अहिलेसम्म कुनै प्रमाण फेला पार्न सकेको छैन।

समितिले अर्थ मन्त्रालयबाट सिसिटिभी फुटेज माग गर्दा फुटेज डिलिट भएको जवाफ मन्त्रालयले दिएको थियो । त्यसपछि समितिले हार्डडिस्क रिकभरका लागि प्रहरीको फरेन्सिक ल्याबमा पठाएको थियो।

समितिलाई अर्थमन्त्रीमाथि अनुसन्धानका लागि सुरुमा १० दिनको समय दिइए पनि उक्त समयमा समितिले रिपोर्ट बुझाउन सकेको थिएन । त्यसपछि समितिलाई पुनः अनुसन्धान गर्न ५ साउनमा एक साताका लागि म्याद थप गरिएको थियो। समितिले १२ गतेभित्र छानबिन गरेर संसद्लाई प्रतिवेदन दिनुपर्छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।