राजधानीको भृकुटीमण्डपमा हुने भनिएको नाडा अटो शो स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। सरकारले सवारीसाधन आयातमा प्रतिबन्धलाई निरन्तरता दिएपछि भदौमा हुने भनिएको नाडा अटो शो अनिश्चितकाललाई स्थगित भएको छ। 

नाडा कार्यसमितिको आइतबार बसेको बैठकले अटो शो केही समयका लागि स्थगन गर्ने निर्णय गरेको नाडाका उपाध्यक्ष सुनिल रिजालले बताए।

नाडाले आगामी भदौ ७ गतेदेखि १२ गतेसम्म काठमाडौंमा अटो शो आयोजना गर्ने तयारी गरेको थियो। सरकारले साउन १ गतेदेखि सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटाउने आश्वासनअनुसार अटो शो को तयारी थालेको नाडाले प्रतिबन्ध लम्बिएसँगै अटो शो स्थगन गरेको हो।

देशमा विदेशी मुद्राको सञ्चितिमा कमी आएको भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साउन १ गते राजपत्रमा सूचना प्रकाशन नै गरी १५० सीसी क्षमतामाथिका मोटरसाइकल तथा स्कुटर र चार पाङ्ग्रे सवारी साधन आयातको प्रतिबन्ध भदौ १४ गतेसम्म लम्ब्याएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।