युनाइटेड र एस्टन भिल्लाको बराबरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रि-सिजन टुर अन्तर्गत अष्ट्रेलिया भ्रमणमा रहेको म्यानचेस्टर युनाईटेडले गएराति इंग्लिस प्रतिद्वन्दी एस्टन भिल्लासँग २-२ गोलको बराबरी खेलेको छ।

शनिबार पर्थमा अग्रता जोगाउन नसक्दा युनाईटेड बराबरीमा रोकिएको हो।

युनाइटेडको लागि जाडोन सान्चो र म्याटी क्यासले एक-एक गोल गरे। भिल्लाका लागि लिओन बेली र कलुम चाम्बर्सले समान एक गोल फर्काएका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।