थप ३३५ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ९७१

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पछिल्लो २४ घण्टामा ३३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ हजार ९९६ जनाको परीक्षण गर्दा ३३५ जनामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा ८६ जना संक्रमणमुक्त भएका छन् भने आज कोरोनाका कारण कसैको पनि निधन नभएको मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा २ हजार ९७१ जना सक्रिय संक्रमित रहेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।