अन्तर बैंक ब्याजदर निरन्तरता,कोरोनाको सहुलियत अब थप नदिइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तर बैंकको ब्याजदरलाई निरन्तरता दिने जनाएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिबारे सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो जनाएका हुन् ।

त्यस्तै चालु आर्थिक वर्षको मौद्रिक नीतिले कोरोना महामारीको प्रभावलाई राख्दै दिएको सहुलियतहरु कम गरेको छ । बैंकले लिएको ब्याजदर समेत भिन्न भिन्न प्रयोजनको लागि अलग अलग हुने जानकारी उनले दिएका छन् ।

बाह्य क्षेत्रमा परेको दबाबका कारण र नेपालमा किसानहरुले समयमा मल पाउन नसकेका कारणले गर्दा अपेक्षित आर्थिक वृद्धि हुन नसक्ने उनले जानकारी दिए ।

पछिल्लो समय अर्थतन्त्र दबाबमा रहेको भन्दै अर्थविद्हरूले यो वर्षको मौद्रिक नीति कसिलो ल्याउन सुझाव दिएका थिए ।

यस्तो छ चालु आवको मौद्रिक ननीतिको पूर्णपाठ


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।