प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा बिहीबार दिउँसो १ बजे बस्ने बैठकमा नागरिकता विधेयक संसदबाट पारित गरियोस् भन्ने प्रस्तावमाथि छलफल हुने संभावित कार्यसूची रहेको छ।

गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेपछि छलफल हुनेछ । छलफलपछि विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ।

विधेयकमा ४५ जना सांसदले ३१ वटा संशोधन दर्ता गराएका छन्। यो विधेयक संसदीय समितिमा नपठाई संसदबाटै पारित गर्ने सरकारको तयारी छ।

हेर्नुहोस् कार्यसूची


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।