पेस्तोल लिएर हिँडिरहेका भारतीय युवक लमजुङमा पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ । लमजुङमा पेस्तोलसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। बेँसीसहर नगरपालिका–१ उदिपुर क्षेत्रमा हिँडिरहेका भारतको मोतीहारी जिल्लाका २२ वर्षीय दीप कुमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए। 

शङ्कास्पद गतिविधिमा बुधबार हिँडिरहेका बेलामा प्रहरीले पक्राउ गरे पनि आज साँझ ती युवालाई सार्वजनिक गरिएको हो। उनको साथबाट पेस्तोलसहित एक थान गोली, मोबाइल, सिमकार्ड र निजको आधार कार्डसमेत बरामद गरिएको जिल्ला प्रहरी प्रहरीले जनाएको छ।

उनलाई जिल्ला अदालत लगेर म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रेग्मीको भनाइ छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।