१ वर्षमा स्वदेशी लगानीका ३०९ उद्योग दर्ता,पर्यटन क्षेत्रमा २६ अर्ब ५१ करोड लगानी प्रस्ताव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  मुलुकमा स्वदेशी तथा विदेशी लगानीमा उद्योग दर्ता सङ्ख्या बढेको छ । आव २०७८र७९ मा उद्योग दर्ता वृद्धि भएसँगै त्यसका लागि लगानी प्रस्तावमा वृद्धि भएको हो । कोभिड–१९ महामारी सामान्य भएसँगै लगानीमैत्री वातावरण बन्दै गएकाले उद्योग दर्ता वृद्धि भएको हो । 

उद्योग विभागका अनुसार आव २०७८र७९ को पछिल्लो १ वर्षमा स्वदेशी लगानीका ३०९ उद्योग दर्ता भएका छन् ।

एक वर्षको अवधिमा विभागमा दर्ता भएका उद्योगमध्ये सबैभन्दा धेरै लगानी प्रस्ताव ऊर्जा क्षेत्रका उद्योगमा आएको छ।

ऊर्जामूलक क्षेत्रका ५० वटा उद्योगमा १ खर्ब ७० अर्ब ७६ करोड ७४ लाख ७३ हजार रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको विभागले जनाएको छ ।

यस्तै, ऊर्जापछि सबैभन्दा धेरै लगानी प्रतिबद्धता सेवामूलक क्षेत्रका उद्योगमा आएका छन् । एक वर्षको अवधिमा ११५ सेवामूलक क्षेत्रका उद्योग दर्ता हुँदा रु ८९ अर्ब ७९ करोड ४१ लाख ९१ हजार बराबरको लगानी प्रतिबद्धता आएको छ ।

पर्यटन क्षेत्रका ५८ उद्योगमा रु २६ अर्ब ५१ करोड ४९ लाख ७६ हजार, सेवामूलक क्षेत्रका ४६ उद्योगका लागि रु ४६ अर्ब ७५ करोड ५८ लाख, कृषि क्षेत्रमा २१ उद्योगका लागि रु पाँच अर्ब २८ करोड ९० लाख ९९ हजार लगानी प्रस्ताव आएको छ ।

त्यसैगरी, सूचना प्रविधि क्षेत्रमा ११ उद्योगका लागि र एक अर्ब ८९ करोड ८५ लाख, पूर्वाधार क्षेत्रका पाँच उद्योगका लागि रु दुई अर्ब २७ करोड ९१ लाख र दुईवटा खनिज उद्योगका लागि रु २५ करोड ९९ लाख बराबरको लगानी प्रतिबद्धता आएको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।