मौसम पूर्वानुमान : कस्तो रहला देशभरको मौसम?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थान भन्दा केही उत्तरतिर र पश्चिमी भूभागमा सरदरको आसपास अवस्थित रहेको छ। काठमाडौं उपत्यकामा बिहानैदेखि वर्षा भइरहेको छ।

यस्तै आज देशभर सामान्य बदली रहेको छ। देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षा भइरहेको छ।

बुधबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशको पहाडी भूभागका धेरै स्थानहरूमा र अन्य भूभागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र मधेस प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

बिहीबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशको पहाडी भूभागका धेरै स्थानहरूमा र अन्य भूभागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

सुदूर पश्चिम, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।