१९औं एसियाली खेकलुदको नयाँ मिति सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  १९औँ एसियाली खेलकुद प्रतियोगिता सुरु हुने नयाँ मिति सार्वजनिक भएको छ। एसियाली ओलम्पिक काउन्सिल (ओसीए)ले चीनको हाङजाउमा हुने एसियाली खेलकुदको नयाँ मिति सार्वजनिक गरेको हो। 

ओसीएका अनुसार एसियाली खेलकुद अब २३ सेप्टेम्बर २०२३ देखि ८ अक्टोबर २०२३ सम्म सञ्चालन हुने भएको छ। 

यसअघि १० सेप्टेम्बर २०२२ मा प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको थियो। तर कोभिडका कारण तयारी पूरा गर्न नपाउँदा नयाँ मिति प्रस्ताव गर्न समिति गठन गरिएको थियो।

समितिले सरोकारवाला पक्षसँग छलफल गरी नयाँ मिति प्रस्ताव गरेको थियो। उक्त मितिलाई ओसीएको बोर्ड बैठकले स्वीकृत गरेसँगै अब एसियाली खेलकुद २३ सेप्टेम्बर २०२३ देखि सुरु हुने भएको हो। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।