एनआईसी एसिया सर्वश्रेष्ठ १० गुणा मुद्दति योजनाको समयावधि थप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ १० गुणा मुद्दती योजनाको समयावधि थप गरेको छ ।

असार मसान्तसम्मका लागि तोकिएको योजना ग्राहकको चासोलाई ध्यान दिएर साउन मसान्तसम्म बढाइएको बैंकले जनाएको छ ।

यस योजनामा निक्षेपकर्ताले ५ वर्ष १० महिना देखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरेअनुसार दुई गुणा देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउन सक्नेछन् ।

साथै निक्षेपकर्ताले निक्षेप गरेको रकम र पाकेको ब्याज गरी कुल रकमको ८० प्रतिशत बराबर कर्जा समेत लिन सक्ने बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले जानकारी दिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।