एआइजी विश्वराज पोखरेलले दिए राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले राजीनामा दिएका छन् । पोखरेलले सोमबार दिउँसो प्रहरी प्रधान कार्यालय पुगेर सेवाबाट राजीनामा दिएको बताइएको छ।

पोखरेलको राजीनामा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले गृह मन्त्रालयमा पेस गरेपछि त्यो मन्त्रिपरिषद्मा पुग्नेछ। मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि मात्रै राजीनामा लागू हुनेछ।

सरकारले आफूभन्दा करिब डेढ वर्ष कनिष्ठ एआईजी सिंहलाई महानिरीक्षकमा नियुक्त गरेपछि पोखरेल सिंहको बढुवा बदरको माग गर्दै सर्वोच्च अदालत पुगेका थिए।

सिंहको बढुवा बदर गरी आफूलाई आईजीपी बनाउन माग गर्दै पोखरेलले दायर गरेको रिट सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दिपक कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलाशले खारेज गरिदिएपछि उनको आईजीपी बन्ने बाटो बन्द भएको हो। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।