सरकारले लगायो १० वस्तुको आयातमा पुर्ण रोक, माेटरसाइकलदेखि मदिरासम्मको आयात बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले बैशाख १३ गतेदेखि लगाएको आयातको प्रतिबन्धलाई भदौ १४ गतेसम्म पुर्‍याउने निर्णय गरेको छ।

यो सगै आयात कम गर्न सरकारले विभिन्न १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले शनिबार एक सूचना प्रकाशित गर्दै मदिरादेखि ताससम्ममा आयात प्रतिबन्घ लगाएको हो।

मन्त्रालयले जारी गरेको सूचनामा मदिरा, मोटरसाइक, टेलिभिजन, तास, खेलौना लगायतका बस्तुको आयातमा प्रतिबन्घ लगाएको हो।

उच्च दरले आयात बढ्दै गएको कारण विदेशि विनिमय सञ्चिति घट्दै गएपनि अत्यावश्यक नरहेका बस्ततुहरुको आयातमा कडाई गरेको हो।

यी बस्तुको आयात २०७९ भदौ १४ गतेसम्मको लागि रोक लगाइएको हो। जुन सूचना राजपत्रमा प्रकाशित भइसकेको छ। 

प्रतिबन्धित १० वस्तु

१. कुरकुरे, कुरमुरे, लेज र त्यस्तै उत्पादनहरु

२. सबै प्रकारका तयारी मदिरा

३.चुरोट तथा सूर्तिजन्य बस्तु

४.हिरा ९औधोगिक कच्चा पदार्थ बाहेक०

५. ३ सय डलर माथिका स्मार्ट फोनहरु 

६.३२ इन्चमाथिका रङगिन टेलिभिजन

७. जिपरकाररभ्यानहरु

८. १५० सीसी माथिका मोटरसाइकल

९.सबै प्रकारका खेलौनाहरु

१०. खेल्ने तास

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।