आईसीसी विश्वकप लिग : नामिबियाको सामना गर्दै नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नामिबियाको सामना गर्दैछ। नेपाल र नामिबियाबीचको खेल अपराह्न सवा तीन बजेदेखि शुरु हुनेछ।

विश्वकप लिग–२ को सिरिजमा नेपालले नामिबियासँग दोस्रो पटक खेल्न लागेको हो। सिरिजको पहिलो भेटमा नेपाल ४० रनले पराजित भएको थियो।

पछिल्लो समय नामिबियाले राम्रो प्रदर्शन गरिरहेको छ। नामिबियाले गत टी–२० विश्वकपको दोस्रो चरणको यात्रासमेत गरेको थियो। सोही कारण नामिबिया योपटक पनि विश्वकप खेल्दैछ।

सिरिजको पहिलो खेलमा पराजित नेपालले दोस्रो खेलमा स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो। नामिबिया भने स्कटल्याण्डविरुद्धको दुवै खेलमा पराजित भएको छ।

नेपाल लिग टू क अंक तालिकाको पाँचौँ स्थानमा रहेको छ। नेपालले १८ खेलबाट १७ अंक जोडेको छ।

नामिबिया १७ खेलमा १६ अंक जोडेर छैटौं स्थानमा रहेको छ। सिरिज अन्तर्गत नै नेपालले अन्तिम खेलमा आइतबार स्कटल्याण्डको सामना गर्नेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।