खैरो हिरोइनसहित चार युवक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रहरीले अवैध लागूऔषध खैरो हिरोइनसहित चार जनालाई पक्राउ गरेको छ।

प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले काठमाडौं महानगरपालिका–६ बौद्ध पिपलबोटमा लागुऔषध कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक हेलम्बुका २६ वर्षीय नीमा लामा, मोरङ शनिश्चरेका २९ वर्षीय किसान आङदेम्बे, रामेछापका ३५ वर्षीय कृष्णबहादुर मगर र मोरङ शनिश्चरेका २६ वर्षीय मणिराज सुब्बा रहेका छन्।

ब्यूरोका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले अवैध रुपमा लागुऔषध बोकेर बिक्री वितरण गर्न हिँडेको अवस्थामा बौद्धबाट उनीहरुलाई पक्राउ गरिएको बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।