एसएसपीदेखि डीआईजीसम्म एक्लै फड्को मारेका पोखरेलको आईजीपी बन्ने सपना तुहियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एसएसपीदेखि डीआईजीसम्म एक्लै फड्को मारेका पोखरेलको आईजीपी बन्ने सपना तुहिएको छ ।  

सरकारको निर्णयविरुद्ध परेको रिट सर्वोेच्च अदालतले खारेज गरेसँगै उनमो सपना तुहिएको हो । 

सरकारले धीरजप्रताप सिंहलाई आईजीपी बनाएपछि एआईजी पोखरेलले रिट निवेदन दायर गरेका थिए।

सिंहभन्दा आफू १७ महिना पहिले एआईजी भएको दाबी गर्दै उनले आफू आईजीपी हुनुपर्ने माग गरेका थिए। तर उनको यो दाबीलाई सर्वोच्चले अस्वीकार गरिदिएको छ।

विश्वराजले अन्तरिम आदेशमार्फत नै आफूलाई आईजीपी तोकेर धीरजलाई काममा रोक लगाउन माग गरेका थिए। उनीसँगै अन्य तीन डीआईजीहरूले दायर गरेको रिट पनि खारेजीमा परेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।