चलचित्र ‘कृष्णलीला’ को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। चलचित्र ‘कृष्णलीला’को ट्रेलर सार्वजनिक भएको छ। अभिनेता पुष्प खड्काको मुख्य भूमिका रहेको चलचित्रको बिहीबार ट्रेलर सार्वजनिक भएको हो ।

ट्रेलर प्रेम, रोमान्स भरिएको ट्रेलरमा । अभिनेता पुष्प खड्का (कृष्ण) र अभिनेत्री श्रद्धा क्षेत्री (लीला) को प्रेममा आउने उतार-चढावमा केन्द्रित रहेको ट्रेलरले प्रस्ट्याउँछ ।

चलचित्रमा खड्का र क्षेत्रीसँगै बुद्धि तामाङ, रविन्द्र झा, भावना गुरुङ र नविन रेग्मीको अभिनय रहेको छ।

दीपक ओलीको निर्देशन रहेको चलचित्र लाई रोहित कट्टेलको प्रस्तुतीमा बनाइएको छ। चलचित्रलाई प्रकाश राज कार्की र केवल तामाङले लगानी गरेका छन्।

शिव ढकाल र बाबु श्रेष्ठले खिचेकोचलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन्। चलचित्र भदौ ३ गतेबाट प्रदर्शनमा आउनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।