एमालेको दुई पत्रे स्पष्टीकरण-‘एम अधिकारी गभर्नर होइनन्’ (पत्रसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले पार्टीको अर्थ तथा योजना विभाग सदस्यको रुपमा रहेका एम अधिकारी भन्ने व्यक्ति राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी नभएको प्रष्ट पारेको छ । 

एमाले कार्यालय सचिव भीष्म अधिकारीले बुधबार गभर्नर अधिकारीलाई स्पष्ट पारिएको व्यहोराको पत्र पठाउँदै सार्वजनिक पद धारण गरेका व्यक्तिहरु एमालेको विभागमा नराख्ने वैधानिक व्यवस्था रहेको उल्लेख गरेका छन् ।

तर, स्पष्टीकरण पत्रमा एम अधिकारी गभर्नर होइनन् भनिए पनि अरु केही बताइएको छैन । त्यही पत्रको जवाफ दिँंदै एमाले कार्यालय सचिवले गभर्नर अधिकारीलाई स्पष्ट पारिएकोबारे पत्र पठाएका हुन् ।

भुसाल नेतृत्वको अर्थ तथा योजना विभागमा रहेका एम अधिकारी को हुन् भन्ने उत्तर नदिइ एमालेले जोगाउने प्रयास गरिरहेको छ।

यस्तोमा एमाले केन्द्रीय कार्यालय च्यासलबाट बिहीबार दुईवटा पत्र सार्वजनिक भएका छन्। जसमध्ये पहिलोमा महाप्रसादले सिमपानी-१ खोटाङको ठेगाना उल्लेख गरे २०७३ जेठ २५ गते नै आफूलाई अर्थ तथा योजना विभागको सदस्यका रुपमा मनोनित गरिएकोप्रति ध्यानाकर्षण गर्दै आफू कुनै दलमा नरहेको उल्लेख गरेका छन्।

पार्टीको कार्यकर्ता गभर्नर हुन नसक्नै भन्दै सत्ताको नेतृत्व गरिरहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतले अधिकारीको राजीनामा मागिरहेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।