माधव नेपालले १० बुँदे सहमति लत्याएर ठूलो गल्ती गरे : घनश्याम भुसाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेकपा एमालेका नेता घनश्याम भुषालले माधव नेपालले १० बुँदे सहमति लत्याएर ठूलो गल्ति गरेको भन्दै भविश्यमा प्रायश्चत गर्नुपर्ने बताएका छन्।

‘माधव नेपालको दोहोरो नीति’ का कारण नेकपा एमाले बिभाजन भएको उल्लेख गर्दै भुषालले २० प्रतिशतमा पार्टी बिभाजन गरेका कारण इतिहासको कठघरामा उभिनु पर्ने उनको जिकिर छ।

‘आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर कमरेड माधव नेपालले सम्भवत: आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेका छन्,’ भुषालको टिप्पणी छ। 

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ४० प्रतिशत सांसदले पार्टी बिभाजन गर्ने बिरोध गर्ने तर आफूले २० प्रतिशतमा पार्टी बिभाजन गर्ने घटनाले उनको दोहोरो चरित्र देखिएको भुषालको आरोप छ।

‘कमरेड ओलीले जारी गरेको ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्नेमा कमरेड माधव नेपाल पनि अगाडि थिए,’ भुषालले भनेका छन्, ‘त्योभन्दा अझ घातक २० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने अध्यादेशका आधारमा कमरेड माधव नेपालले अर्को पार्टी खोलेर कम्युनिस्ट आन्दोलनको सेवा गरेका थिए भन्ने कुरा धरतीको कुनै पनि इजलासले भन्न सक्ने छैन, ढिलो वा चाँडो, कमरेड माधव नेपालले कठघरामा उभिएर यसको प्रायश्चित्त गर्नुपर्नेछ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।