संवैधानिक परिषद् विधेयक छिट्टै फिर्ता हुन्छ : महामन्त्री थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संवैधानिक परिषद् सम्बन्धी विधेयक फिर्ता हुने बताएका छन्। 

सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले विधेयक फिर्ता लिने  प्रधानमन्त्री शेरबहादुर देउवाले भनिसकेको बताए। 

राष्ट्रिय सभामा दर्ता भएको संवैधानिक परिषद् सम्बन्धी विधेयक आज–भोलि नै फिर्ता हुने उनको भनाइ छ। 

प्रधानमन्त्री शेरबहादुर देउवाले गत बुधबार विधेयक राष्ट्रिय सभामा पेस गरेका थिए। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा ल्याइएको अध्यादेशसँग मिल्दोजुल्दो प्रावधान राखेर विधेयक ल्याएपछि सरकारको आलोचना भइरहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।