गाेली लागेका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेको उपचारका क्रममा निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेको निधन भएको छ।

शुक्रबार बिहान आक्रमणमा परेका आबेको दिउँसो उपचारका क्रममा निधन भएको रोयटर्सले जनाएको छ।

नारा सहरमा एक कार्यक्रममा भाषण गरिरहेका बेला उनलाई गोली हानिएको थियो । प्रधानमन्त्री फुमियो किशिदाले पश्चिमी सहर नारामा भएको गोलीकाण्डलाई जापानको लोकतन्त्रको जगमा अस्वीकार्य आक्रमण भएको भन्दै निन्दा गरेका छन्।

प्रहरीले गोली चलाएको आशंकामा ४१ वर्षीय व्यक्तिलाई पक्राउ गरेको जनाएको छ। संदिग्ध व्यक्ति तेत्सुया यामागामीलाई उद्धृत गर्दै पुलिसले आबेसँग असन्तुष्ट रहेको र उनलाई मार्न चाहेको बताएकाे छ।

सन् २०२० को सेप्टेम्बर १४ मा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। ​ आवे जापानमा सबैभन्दा लामो समय कार्यकारी पदमा रहने नेता पर्छन्।

उनी सन् २००६ देखि सन् २००७ सम्ममा पहिले पनि प्रधानमन्त्री बनेका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।