न्युजिल्यान्ड पठाइदिन्छु भन्दै ९ जनालाई ठग्ने नुवाकोट तुप्चेकी शोभा पौडेल पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नौ जना युवालाई न्युजिल्याण्ड पठाइदिन्छु भन्दै ६३ लाख २० हजार रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका-७ तुप्चे घर भई बुढानीलकण्ठ नगरपालिका ३ बस्ने २७ वर्षीया दिया भन्ने शोभा पौडेल पक्राउ परेकी हुन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखा कार्यालयको टोलीले पक्राउ गरेको हो। उनले काठमाडौंको तिनकुने बस्ने नारायण बोगटीसहित नौ जनालाई ठगी गरेको पाइएको छ।

उनले सिन्धुलीको दुधौली १ का नारायण बोगटीलगायत नौ जनाबाट ६३ लाख २० हजार रुपैयाँ लिएको तर न्युजिल्याण्ड नपठाएको महाशाखाले जनाएको छ। ठगीमा परेको भन्दै वैदेशिक रोजगार विभागमा पुगेपछि विभागले शोभालाई पक्राउ गरिदिन महाशाखामा पठाएको थियो। 

मंगलबार साँझ उनलाई कपनको निलो पुलबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ। प्रहरीले पक्राउ परेकी पौडेललाई वैदेशिक रोजगार विभागमा बुझाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।